ज्ञानेन्द्र शाहीलाई युवा संघले गर्यो कास्कीमा प्रवेश निषेध ,

भदौ ३० , काठमान्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले एक विज्ञप्ति गारी गर्दै गणतान्त्रिक भुमि कास्कीमा ज्ञान बाहादुर शाही जस्तो कुपात्रलाई प्रवेशमा रोक लगाईएको जानकारी गरेको छ । युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो ।

तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर पनि ज्ञान बहादुर शाही ( ज्ञानेन्द्र शाही ) ले हमान जनयुद्द जनआन्दोलन लगाएर नेपालि जनातको लामो समयपछिको बलिदान पूर्ण त्याग र संघर्सबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र धर्म निरपक्षता , संघियता ,समवेसिता ,जस्ता महत्वपूर्ण उपलब्धिहरुको विरुद्दमा अराजक एवम प्रतिगामी समुहको चलखेल गरेको भन्दै उनलाई युवा संघले कास्कीमा रोक लगाईएको हो ।

हेर्नोहुस विज्ञप्ति ,

तर केन्द्रबाट नीति छैन भन्छन : दीपशिखा ,

यसैवीच राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले कुनैपनि राजनीतिक दलका गतिविधि र व्यक्तिको वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने नीति राष्ट्रिय युवा संघको नरहेको प्रस्ट पारेका छन् ।

‘हाम्रो कुनैपनि व्यक्तिको स्वतन्त्रता  वा दलका गतिविधिलाई प्रतिबन्ध लगाउने नीति छैन,’ संयोजक सापकोटाले भने, ‘शाहीले पर्यटनमन्त्री लगायतलाई गरेको दुव्र्यवहारप्रतिको आक्रोशमा त्यस्तो निर्णय गरेका हुनसक्छन् । त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

गणन्त्रको विरोध र राजतन्त्रको बहालीका लागि शाहीले खुला रुपमा गतिविधि गरिरहेका छन् । त्यो छुट उनलाई छैन भन्ने जिल्ला तहका साथिहरुको बुझाइले त्यस्तो विज्ञप्ति निकालिएको हुनसक्छ,’ सापकोटाले भने ।

उनले मन्त्रीमाथि दुव्र्यबहार गर्ने अधिकार नभएको र त्यो कानुनीरुपमा दण्डनीय भएको पनि उनले बताए । ‘शाहीले मन्त्री लगायत नेतामाथि गालीगलौज गरिरहेका छन् । त्यो कानुनतः दण्डनीय छ,’ सापकोटाको भनाइ छ ।

प्रहरीले हिरासतमा राखेका ज्ञानेन्द्र शाहीलाई भने अब यस्ता क्रिकलाप नगर्ने सर्तमा रिहा गरेको छ ।