६०० पर्ने डेंगी परिक्षणको शुल्कलाई ४५०० सम्म लगियो ,

भदौ ३१ , काठमान्डौ – अहिले अधिकांश जिल्लामा डेंगीको प्रकोप छ। गत जेठ महिनादेखि धरान बाट फैलीएको डेंगु हाल नेपालकादेशका ५६ जिल्लामा यसको महामारीनै फैलीएको हो महामारीको समयमा जनमानसमा आतंक छाएको हुन्छ ।

नकारात्मक हल्लाले मलजल पाएको हुन्छ । यहि मानसिकताको फाइदा उठाएर धेरैजसो निजी अस्पताल तथा अन्य स्वास्थ्य संस्थाले डेंगी परिक्षणको चर्को शुल्क लिएका छन् । कतिपय पहाडी अस्पतालका रिपोर्ट भने आईसकेका छैनन् ।,पहाडका स्वस्थाचौकीमा डेंगु चेक गर्ने माध्याम पनि छैन ।तेसैले कतिपयलाई डेंगु हो वा होइन भन्ने पन्ने थाह छैन ।

डेंगी परिक्षण गर्ने किटलाई रु ३०० – ४५० सम्म पर्दछ । त्यस्तै Blood CBC को परिक्षण १५० – २५० सम्म पर्ने गर्दछ। जनस्वास्थ्य प्रयोगशाला टेकुले डेंगी परिक्षणको रु ५०० \- र Blood CBC को १५० \- लिने गरेको छ ।जसले गर्दा जम्मा खर्च ६५० हुने गर्दछ ।

lekbesi

निजी स्वास्थ्य संस्थाले १५००- ३५०० सम्म शुल्क लिने सुनिएको छ | निजी अस्पतालले जनशक्तिको तलब, भाडा ,अन्य खर्च गर्दा रु १००० देखि १५०० सम्म लिंदा उनीहरुलाई उचित फाइदा नै हुन्छ । त्यस्तै स्क्रब टाइफस जांच शुल्क टेकुमा ५०० छ ।

निजी अस्पतालमा २५०० – ४५०० सम्म लिएको सुनिन्छ ।डेंगी गम्भीर अवस्था तर्फ गएमा अन्य जांच गर्दा शुल्क बढ्नु स्वाभाविक नै हो ।

सरकारले डेंगी परिक्षण शुल्कमा एकरुपता ल्याएमा आम उपभोक्तालाई राहत हुनेछ ।
निजी प्रयोगशालालाई यो महामारीमा सेवाको भावना राखेर न्युनतम खर्चमा डेंगी परिक्षण गरेर मानवताको उच्च र सन्तुष्ट आसनमा विराजमान हुन अनुरोध गर्दछु ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमाको आधिकारिक जानकारी अनुसार अहिले सम्म ५ हजार ब्याक्तिमा डेंगुको संक्रमण देखिएको छ ।निजि अस्पतालको रिपोर्ट अनुसार ७० हजार भन्दा बढीलाई डेंगु देखिएको छ।

डेंगु आतंक यस्तो गरी मच्चिएको छ कि, सामान्य ज्वरो र जिउ दुख्ने विरामी पनि आत्तिँदै अस्पताल पुगिरहेका छन् । बढी जस्तो डर र त्रासले बिरामी अस्पताल आउने गरेका छन् तर हाल सम्म डेंगुकै कारण ५ जना बिरामीको मृतु भैसकेको छ ।

डा रविन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ ,

डेंगुका मुख्य लक्षणहरु

– अचानक ठूलो ज्वरो आउनु
– आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु
– सबै शरीर दुख्नु
– घांटी बस्नु
– साना बिमिरा आउनु
– शरीर चिलाउनु
– वाकवाकी लाग्नु / वान्ता आउनु
– छटपटी हुनु
– रिंगटा लाग्नु
– निद्रा नलाग्नु
– हड्डी तथा मांशपेशी निकै दुख्नु
– आँखा तथा घांटी रातो हुनु

डेंगुबाट कसरि बच्ने ,,

रोकथाम

– लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने
– लाम्बाहुले कपडा लगाउने
– डेंगु लाग्ने लामखुट्टे day biter अर्थात दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने ।
– भीडभाडमा सकभर नजाने ।
– घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर / पाइप आदिमा पानी जम्न नदिने ।

– पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ | १ चम्चा पेट्रोल राख्न पनि सकिन्छ ।
– माथिका लक्षण देखिएमा तुरुन्त जांच तथा उपचार गर्ने।

-प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।

स्मरण रहोस – प्राकृतिक खानपिन, नियमित व्यायाम, तनावरहित जीवनशैली तथा स्वस्थ्य रहने उपायहरु अबलम्बन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । तसर्थ स्वस्थ्य जीवनशैली अपनाऔं ।