काभ्रे र सिन्धुलीमा ७ हेलिकप्टर आकस्मिक अवतरण यात्रु सकुशल ,
भदौ ३१ , काभ्रे – लुक्लाबाट काठमाडौंका लागि उडेका ७ वटा हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण भएका छन् ,भने काभ्रे र सिन्धुलीको सिमाना नेपाल थोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् ।
मौसममा खराबी देखिएपछि विभिन्न कम्पनीका ७ हेलिकप्टर काभ्रेका धान खेतमा आकस्मिक अवतरण गरिएका हो । नेपालथोकमा अवतरण गरिएका सबै हेलिकप्टरमा पर्यटक रहेको प्रहरीले जानकारी दिएको छ ।
मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एक,एक वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् । लगातार केहिदिन देखि मौसम खराबी भै विभिन्न जिल्लमा भारी वर्षा भईरहेको छ।
वर्षा र मौसमको खराबीका कारण धान खेतबारीमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको र यात्रु सकुशल रहेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए। अहिले पनि राजधानी देखि विभिन्न जिल्लामा निरन्तर वर्षा भईरहेको छ ।