suekhet
bheriad

गायक राजेश पायल राईको घरमा आगलागी ,,

lekabesi

भदौ ३१ ,काठमान्डौ – गायक राजेश पायल राईको बानेश्वरस्थित उनको घरमा आगलागी भएको छ ।सोमबार साँझ उनको घरमा आगलागी भएको राजेश पायल राईले आफ्नो सामाजिक संजालमा पोस्ट गरेका छन् ।

कुनै मानवीय क्षति भने भएको छैन । क्षति विवरण आउन बाँकी छ आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । राजेश भने साङ्गीतिक कार्यक्रमका लागि यतिखेर काठमाण्डौ भन्दा बाहिर छन्।

आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन्।

‘म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन .. मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ..अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् .. म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे’,यो राजेशको स्टाटस हो ।