मौसमका कारण त्रिभुवन विमानस्थलमाथि जहाज फन्को लगाउदै फर्किदै ,

भाद्र ३१ , काठमन्डौ – हिजो रातिदेखि परेको अविरल वर्षाका कारण मौसममा खराबी आएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ ।

विमानस्थलबाट हुने उडान भने रोकिएको छैन ।अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् ।

आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् । भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

त्रिभुवन विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान,अवतरण हुनेगर्दछन निरन्तर वर्षाले मौसम विग्रिएपछि हवाई सेवा प्रभावित भएको र मंगलबार निर्धारित अधिकांश आन्तरिक उडान रद्द र डिले भएका छन् ।