कैलालीमा मात्र भेटियो २९ जनामा स्क्रब टाइफस,सावधान रहन चिकित्सकको सल्हा ,

Naumule

असोज १ धनगढी – डेंगु पछि नेपालका विभिन्न जिल्लामा स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । स्थानीय र प्रदेश सरकारले डेंगुको प्रकोप न्यूनिकरणका लागि अभियान नै सञ्चालन गरिरहेका बेला स्क्रब टाइफसका बिरामीको संख्या बढि देखिएको छ ।

बुधबारसम्म कैलालीमा मात्र २९ जना बिरामी फेला परेका स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलिपसिंह श्रेष्ठले पछिल्लो केहि दिन यता अस्पतालमा स्क्रब टाइफसका बिरामी आउने क्रम बढेको बताए ।

सेती प्रादेशिक अस्पतालमा हालसम्म १० जना बिरामी उपचारपछि सन्चो भएर घर फर्किएका छन् ।एक जनाको अझै आईसीयुमा उपचार भइरहेको छ । धनगढी उपमहानगरपालिका १७ का ५० वर्षीया भोजन चौधरी गम्भीर अवस्थामा उपचारका लागि बुधबार सेती अञ्चल अस्पतालमा भर्ना भएकी हुन् ।

Gurvakot

मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा यो रोगको संक्रमण हुने गर्दछ । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा हालसम्म १ सय ५ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

अछाम र बाजुराबाहेक सुदूरका ७ जिल्लामा यो रोगका बिरामी फेला पर्ने क्रम बढिरहेको हो ।यो रोग लागेमा अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु, टोकेको भागमा कालो दाग बस्ने हुन्छ ।

डेंगुसंग यसका लक्षण धेरै मिल्ने भएकोले डेंगु परिक्षण गर्दा स्क्रब टाइफसको पनि परिक्षण गर्नु उपयुक्त हुन्छ ।समयमा उपचार नगरे ज्वरो बढ्दै गएर मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै पछि श्वासप्रश्वासमा समस्या भएर बिरामीको ज्यान जान सक्छ  ।

Bangad kupinde