suekhet
bheriad

नेपाल युद्धग्रस्त देश मात्र हैन, घातक सरुवा रोग फैलिएको देश पनि हो rangadarpan

lekabesi

असोज २ ,काठमान्डौ – नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेको छ । सरकारलाई थाहा हुनुपर्छ, कुनै पनि पर्यटकले सबैभन्दा पहिले सुरक्षा हेर्छन ।

नेपाल Safety First को सिद्धान्तमा युद्धग्रस्त देश मात्र हैन, घातक सरुवा रोग फैलिएको देश पनि पर्दछ ।अहिले देशका ५६ जिल्लामा डेंगुको प्रकोप फैलिएको छ ।सरकार कानमा तेल हालेर सुतिरहेको छ । लाखौँ मान्छे त्राहिमाम हुँदा पनि ‘ थाहा नपाए झैं ‘ गर्नु हाम्रो लागि ठूलो विडम्बनाको बिषय हो ।

Search and Destroy अर्थात लामखुट्टेका लार्भालाई ‘ खोज र नष्ट गर ‘ को अभियान नचालेमा आगामी गर्मी र वर्षा याममा डेंगीको प्रकोप अकल्पनीय हुनेछ ।इतिहासमै यति धेरै खाल्डा भएको बाटो कहिल्यै थिएन । ती खाल्डामा जमेको पानीमा लामखुट्टेको लार्भा १ बर्षसम्म पनि बाँच्न सक्छ।

डेंगु फैलाउने एउटा लामखुट्टेले उसको २८-३० दिनको आयुमा ३०० – ५०० सम्म लार्भा पार्दछ । यो अंकगणित डरलाग्दो मानिन्छ । पर्यटकको रोजाइमा पर्ने काठमाण्डौ उपत्याका, पोखरा लगायत कास्की ( पदमार्गमा समेत ), चितवन, लुम्बिनी लगायतका ठाउंहरुमा डेंगुको प्रकोप अहिलेसम्म पनि बिकराल छ ।

यहि अवस्था रहेमा अर्को वर्ष यी ठाउँहरुमा महामारी फैलिने डर छ । सुचनाको यो सानो गाउँजस्तो संचारमा नकारात्मक समाचार तुरुन्त फैलिनेछ । यसो भयो भने कोहि पनि पर्यटक आफ्नो ज्यानलाई खतरामा राखेर हाम्रो लागि यहाँ आउने छैनन् ।

डेंगुको माहप्रकोप नहट्दै नेपालका विभिन्न जिल्लमा अर्को खतरनाक स्क्रबटाइफस किरा फेला परेको छ ।जसका बिरामी दिनहु बढ्दै छन् ।हाल कैलालीमा मात्र २९ जनामा स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।

सेती प्रादेशिक अस्पतालमा हालसम्म १० जना बिरामी उपचारपछि सन्चो भएर घर फर्किएका छन् ।एक जनाको अझै आईसीयुमा उपचार भइरहेको छ । धनगढी उपमहानगरपालिका १७ का ५० वर्षीया भोजन चौधरी गम्भीर अवस्थामा उपचारका लागि बुधबार सेती अञ्चल अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिपसिंह श्रेष्ठले जानकरी गरे ।

अछाम र बाजुराबाहेक सुदूरका ७ जिल्लामा यो रोगका बिरामी फेला पर्ने क्रम बढिरहेको हो ।यो रोग लागेमा अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु, टोकेको भागमा कालो दाग बस्ने हुन्छ । डेंगुसंग यसका लक्षण धेरै मिल्ने भएकोले डेंगु परिक्षण गर्दा स्क्रब टाइफसको पनि परिक्षण गर्नु उपयुक्त हुन्छ ।

सरकारले त्यो स्थितिको रोकथाम गर्न यसो गर्न सक्छ –

१.) सुरक्षाकर्मी परिचालन गरेर खाल्डामा बलियो पिच गर्ने, झ्यांग काट्ने, पानी जमेका र जम्ने सम्भावित ठाउँहरुमा डीडीटि, मालाथिन जस्ता किटनाशक औषधि छर्ने ।

२.) नगरपालिका, वडा, टोल सुधार समिति र नगर प्रहरीले हरेक घरमा निम लगायत बनस्पतिको प्रयोग गरेर घरघरमा Fugging अर्थात धुँवा उडाउने | ती घरभित्र तथा बाहिर रहेका लामखुट्टे बस्ने आश्रयस्थल नष्ट गर्ने ।

३.) सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाको टोलीले प्रत्येक घरमा Dengue Rapid Test मार्फत बिरामीको पहिचान गरेर उपचार गर्ने ।

४.) हरेक व्यक्तिको लागि सुपथ मूल्यमा झुल उपलब्ध गराउने ।

५.) एक महिनासम्म हप्ताको एक रात्रिमा सडकमा कर्फ्यु लगाएर सुरक्षाकर्मी लगाएर मुख्य तथा गल्लीका सडकमा किटनाशक औषधि छर्ने ।

६.) बर्षभरिको लागि search and destroy टीम निर्माण गरि आवश्यक किटनाशक औषधि, उपकरण उपलब्ध गराउने ।

७.) जनचेतनाका बिबिध कार्यक्रम निरन्तर संचालन गर्ने ।

यो महाअभियानमा हामी सम्पूर्ण जनताले सरकारलाई पूर्णरुपमा साथ र सहयोग दिनेछौं  हाम्रो स्वाथ्य तथा पर्यटन- बर्ष जस्तो राष्ट्रको इज्जत गाँसिएको समयमा सरकार र जनता एकजुट हुनु हाम्रो परम कर्तब्य हो ।

डा. रवीन्द्र पाण्डे (समीर) जना स्वास्थ्य विज्ञ,,