संविधान दिवसलाई ७० प्रतिसतले ब्ल्याक आउट गर्छन राजेन्द्र महतो ,

Naumule

भदै २ , काठमान्डौ – राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले उर्जी जारी गर्दैमा संविधान दिवस नमनाउने बताएका छन् ।

साथै यो अवस्थामा सिंगो सरकारले समेत संविधान दिवस मनाउन सक्ने अवस्था नरहेको महतोले बताए । बिहिबार संसदको वर्षे अधिवेशनको अन्तिम सत्रमा संसद बैठकमा सम्बोधन गर्दै उनले मधेशी, थारु, जनजाती र दलितले गरि ७० प्रतिशतले ब्ल्याक आउट गर्ने बताएका हुन् ।

‘कुनैपनि देशमा संविधान दिवसलाई त्यो देशका नागरिकले राष्ट्रिय चाडका रुपमा धुमधामका साथ मनाउँछन् । भोलि देशका सबै नेपाली जनता उल्लासका साथ संविधान दिवस मनाउने छन् त ? चार बर्ष बितिसक्दा पनि सबै नागरिकले उत्साहपूर्वक संविधान दिवस मनाउने अवसर किन आएन उन्ल भने ।’

‘मधेसीले मनाउँदैन, राष्ट्रघाती भनिरहेको थियो । अब संविधान दिवस थारुले पनि नमनाउने, उनीहरुलाई पनि राष्ट्रघाती भन्नुस् । पहाडका जनजातिले पनि नमनाउने, उनीहरुलाई पनि राष्ट्रघाती भन्नुस् । त्यसो भए राष्ट्रवादी को त ?’ उनले प्रश्न गरे ।

Gurvakot

‘तपाईंको सरकारमा रहेको पार्टीले भोलि संविधान दिवस नमाउने, तपाईंको उपप्रधानमन्त्री भोलि संविधान दिवस नमाउने ।

सरकार पूरै संविधान दिवस मनाउँने दिपावली गर्ने अवस्थामा छैन अनि आफ्नै पिठ थप्थपाउने ?’उनले सरकारको नै एउटा पक्षले संविधान दिवस नमाएपछि सरकारको वैधानिकतामाथि प्रश्न उठ्यो कि उठेन ? भनेर प्रश्न गरे ।

उनले यो जनताको गम्भीर प्रश्न रहेको बताउँदै उपेन्द्र यादवको नाम नलिई उनले हिजोसँगै ब्ल्याक आउट गर्ने र आज सरकारमा बसेर न्युट्रल गियरमा बस्न पाइन्छ ? भनेर प्रश्न गरे एकल जातीय अहंकारबाट देशलाई मुक्ति दिनुस् ।

हिमाल, पहाड, तराई मधेसमा बस्ने सबैको देश हो । उनले यसअघि बनाएका ६ वटा संविधान कहाँ गयो भन्दै अहिलेको संविधानलाई बाइबल कुरान जस्तै बनाएको आरोप लगाए ।अहिले संघीयता, समावेशी घाँडो भएको भन्दै त्यसमाथि प्रहार भएको बताए । उनले लाखौ नेपाली जनताले नागरिकता नपाएको भन्दै एक वर्षदेखि नागरिकता विधेयक अघि नबढेको बताए ।

https://www.youtube.com/watch?v=v25G2PnFZZs&t=3s

Bangad kupinde