Simta
Gurvakot
Gurvakot

हिजो मरेका भूतप्रेतका आत्माहरु बोल्न थालेका छन् तेस्तालाई नछाड्ने युवा-विद्यार्थी नेताहरुको चेतावनी ,,

असोज ४ , काठमान्डौ – प्रतिगामी तत्वहरुले देशमा अराजक शैलीमा बोल्ने र टाउको उठाउन थालेपाछी आफुहरु चुप नबस्ने नेकपाका युवा-विद्यार्थी नेताहरूले चेतावनी दिएका छन् ।

संविधान दिवसको सन्दर्भमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा माइतीघर मण्डलामा आयोजित शुभकामना आदान प्रदान तथा दीप प्रज्ज्वलन कार्यक्रममा उनीहरुले सो धारणा राखेका हुन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य खिमलाल भट्टराईले मुलुक प्रतिगमनतर्फ जान नसक्ने भन्दै प्रतिगामी तत्वहरुले टाउको उठाए नछाड्ने चेतावनी दिए । राष्ट्रिय सभाका प्रमुख सचेतकसमेत रहेका भट्टराईले भने, ‘प्रतिगामीहरुले टाउको उठाउन खोजे युवा विद्यार्थीले त्यसको प्रतिवाद गर्नेछन् ।

lekbesi

गणतन्त्र लोकतन्त्रमा बोन पाईन्छ भन्दै जता भावी बोल्ने र हिजोका भुत प्रेत सल्बलाउन थालेको भन्दै यसको लागि काडारुपमा उत्रनपर्ने नेकपाकै अर्को केन्द्रीय सदस्य हिमाल शर्माले बताए ।

Simta

युवा विद्यार्थी चुप वस्दा प्रतिगामीहरु सल्बलाउन थालेको भन्दै गणतन्त्र र संविधानको रक्षाको जिम्मा युवा विद्यार्थीहरुले लिने अनेरास्ववियूका संयोजक ऐन महरले बताए ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले संविधानमा नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारको मौलिक हक कार्यान्वयनमा जुट्नुपर्ने बताए ।

पाँचौ संविधान दिवसको सन्दर्भमा माइतीघर मण्डलामा आयोजित शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रममा नेकपाका युवा सांसदहरु झपट रावल, यज्ञराज सुनुवार, नविना लामा, अनेरास्ववियूका पूर्वअध्यक्षहरु ठाकुर गैरे, हिमाल शर्मा, रमेश मल्ल, माधव ढुंगेल, रत्न ढकाल, नेता सरोज यादव, अनिल शर्मालगायतले दीप प्रज्जवलन गरेका थिए ।