suekhet
bheriad

बाेइलर चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्दै गर्ने ब्याक्ति पक्राउ ,,

lekabesi

असोज ४ , कोहलपुर – नेपालका विभिन्न नाकाबाट दैनिक रुपमा लाखौ बोईलर कुखुराका चल्ला हरु भित्रिने गर्दछन ।

सरकारले भारतबाट बोईलर कुखुराका चल्ला अवैधानिक रुपमा भित्रिएको भन्दै बन्द गरेको बेला भने बाेइलर कुखुराका चल्लालाई लाेकल भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ परेका छन् ।

उनीहरुले बाेइलरका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’का चल्ला भन्दै महङ्गो दरमा बिक्री गर्दै हिड्दै गरेका भारतीय नागरिक मोहम्मद नाजिर र सरिफ अलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हाे ।

साे गिराेहबाट प्रहरीले कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका करिब १०० चल्लासमेत बरामद गरेकाे छ । भारतकाे रामपुर घर भएका नाजिर र अलीलाई सेतो चल्लामा मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएकाे इप्रका काेहलपुरले जनाएकाे छ ।