चितवन मेडिकल कलेज शुल्क फिर्ता गर्न सहमत ,,

Naumule

असोज २ , चितवन – विद्यार्थीबाट सरकारले तोकेको भन्दा बढी लागेको मूल्य ३० दिनभित्र फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत भ एको छ ।

सरकारले तोकेको फिस भन्दा बढी लागेको भन्दै चितवन मेडिकल कलेजमा तिन हप्ता देखि आन्दोलन भईरहेको थियो ।

विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेज प्रशासन सहमत भएपछि विद्यार्थीहरुको आन्दोलन पनि फिर्ता भएको छ ।

Gurvakot

कलेज प्रशासन, विद्यार्थी र अभिभावकहरुबीच चितवन जिल्ला प्रशासन कार्यालयमा शनिबार दिनभर भएको वार्तामा सहमति जुटेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सर्व पक्षीय वार्ताबाट पाँच बुँदे सहमति जुटेको जानकारी दिए।

‘चितवन मेडिकल कलेजले ३० कार्य दिन अर्थात् आउँदो कात्तिक १८ गतेभित्र स्नातक तहका सबै विद्यार्थीबाट नेपाल सरकार तथा आईओएमले तोकेभन्दा लिएको बढी शुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता व्यक्त भएको छ’ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने।सहमति कार्यान्वयन नभए फेरि आन्दोलन थाल्ने विद्यार्थीले बताए सहमति हुँदैमा कार्यान्वयन भइहाल्छ भन्ने विश्वास छैन, यदि कार्यान्वयन भएन भने फेरि आन्दोलन अघि बढाउने आन्दोलनरत विद्यार्थीका अगुवा प्रकाश चन्दले जानकारी गरे ।’

Bangad kupinde