Simta
Gurvakot
Gurvakot

नेकपाले तोक्यो ६ महानगरका अध्यक्ष र सचिव ,

असोज ४ , काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाले छ वटा महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

जसअनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् ।ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् ।

Simta

भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र, सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् ।

lekbesi

पार्टी एकताका अरु बाँकी काम छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।