suekhet
bheriad

कास्कीबाट चुनाव लडदिन वामदेव गौतम ,

lekabesi

असोज ४ , काठमान्डौ – नेकपा नेता वामदेव गौतम कास्की,२ बाट आफू उपनिर्वाचन नलड्ने भएका छन् । गौतमले कास्की २ बाट चुनाव उठ्नु फेरि पराजित हुनु हो भन्दै त्यहाँबाट आफू नउठ्ने शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिन आग्रह गर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति आभार प्रकट गर्छु तर म चुनावमा उठ्दिनँ,’ गौतमले भनेका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको कास्की २ मा उपचुनाव हुँदैछ । बामदेव चुनावबाट पछि हटेपछि अधिकारी पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने सम्भावना देखिन्छउनी अखिलकी पूर्व नेतृ समेत हुन् ।