तराईमा बढ्दै छन् अपराधिक घटना अज्ञात समुहले युवकमाथि गोलि प्रहार ,

असोज ५ , राजविराज – अज्ञात समुहले आइतबार साँझ सप्तरीमा एक युवकमाथि गोलि प्रहार भएको छ।

भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकल चढी आएका दुईजनाले प्रहार गरेको गोली लागि सप्तरीको डाकनेश्वरी नगरपालिका ८ का २४ वर्षीय भगवतीप्रसाद मण्डल घाइते भएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले जानकारी दिए ।

राजविराजवाट डाकनेश्वरी ८ स्थित घरतर्फ जाने क्रममा दुईजना चढेको भारतीय नम्बरको मोटरसाइकलले ओभरटेक गरि उनीमाथि घर पुग्नुभन्दा केही अगाडी गोली प्रहार भएको हो । गोली प्रहारपछि ढलेका उनी तत्कालै नजिकको बस्तीमा पुगेर बच्न सफल भएका थिए ।

lekbesi

मण्डलको बाँया पाखुरामा गोली लागेको छ । उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।आक्रमण गर्नेहरु फरार भएको र उनको खोजि भैरहेको एसपी प्रसाइले जानकारी दिए ।