भोलि देखि रवि लामिछानेलाई चितवनमै राखिने ,,

असोज ५ ,काठमान्डौ – पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकारणमा मुछियका प्रस्तोता रवि लामिछाने अब बक पत्रका लागि चितवनमै बस्न पर्ने भएको छ ।

उनि सहित युवराज कंडेल , अस्मिता कार्की रुकु पनि चितवनमै रहने छन्। आज आईतबारदेखि हेमन्त रावलको इजलासमा पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र सुरु भएकाले उनीहरुले चितवन नै बस्नु पर्ने भएको हो ।

लामिछानेसहित तीनजनाविरुद्ध जाहेरी दिने पत्रकार पुडासैनीकी श्रीमती सम्झनाको पनि बकपत्र लिइने छ । सरकारी पक्षका जाहेरीकर्ता, अनुसन्धानकर्ता, शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिक गरि १३ जनाको बयान लिइने छ ।

lekbesi

प्रतिवादीको तर्फबाट २३ जनाको नाम रहेकाले सोमबार बेलुकी वा मंगलबारसम्म बकपत्र चल्नेछ । यसअघि उक्त मुद्धामा जिल्ला अदालत चितवनले लामिछाने र कँडेललाई ५ लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।