suekhet
bheriad

‘कबड्डी कबड्डी कबड्डी’को व्यापार दुई दिनमै ३ करोड ,

lekabesi

धेरै पछि नेपाली चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।चलचित्र ‘जात्रै जात्रा’ चलेपछि बिचमा प्रदर्शन गरिएका कुनै चलचित्र चल्न सकेनन र नेपालि चलचित्रमा खस्किदो ब्यापार भन्ने निक चर्चा चल्यो ।

तर जेठमहिना देखि बिचमा धेरै चलचित्र प्रदर्शन गरिए पनि कोहि चर्चामा आएनन ।असोज ३ गते रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसलाई चलायमान बनाएको हो ।

जसले पहिलो दिनमा १ करोड ४७ लाख माथिको कलेक्शन गरेको चलचित्रको निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा उल्लेख छ ।

शनिबार शुक्रबारको तुलानामा मल्टिप्लेक्समा शो बढेसँगै चलचित्रको व्यापार पनि केही बढ्यो । शनिबार चलचित्रले १ करोड ७५ लाख माथिको व्यापार गरेको छ । योसँगै यो चलचित्रले सिंगल डे व्यापारमा नयाँ रेकर्ड राखेको छ ।

योसँगै चलचित्रले २ दिनमै ३ करोड माथिको व्यापार गरेको छ । जसमा चलचित्रले २ दिनमै आफ्नो लागानी सुरक्षित गरेको छ चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।