भारतबाट घर फर्किदै हुनुहुन्छ तेसो हो भने न ल्याउनुहोस् यी नोट ,फेरी सीमामा पाउनु हुनेछ दुख ,

Naumule

असोज ६ , काठमान्डौ – दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने गृहमन्त्रि रामबहादुर थापा बादलले बताएका छन् । सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले तयारी गरेको थापाले जानकारी दिए ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने बताएका हुन् ।

Gurvakot

भारत बाट नेपाल आफ्नो घर फर्कने नेपालीलाई सहयोग गर्न सीमा क्षेत्रमा सहायता कक्ष सञ्चालन गर्ने पनि बताए ।त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा बिग्रे, भत्केका सडक सुधार गर्ने, सर्वसाधारणको भीड हुने धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्ने गृहमन्त्री थापाले बताएका छन् ।

तेस्तै भारतबाट नेपाल आउने नेपालिले भारतीय रुपैया ,पाँच सय र एक हजारका नोट नेपालमा नचल्ने हुनाले कसैले पनि बोक्न नल्याउन समेत गृहसचिव प्रेमकुमार राईले जानकारी गरे तेस्ता नोट बोक्ने नेपालीले दुख पाउछन उनले भने। जुन नोटको लागि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले चल्ने नचल्ने प्रष्ट नपारेकाले समस्या हुन सक्ने उनले बताए ।

Bangad kupinde