सरकारी स्वास्थ्य चौकीले म्याद गुज्रेका औषधि दिँदा बिरामी बाटैमा बेहोस, धन्न गयन ज्यान ,,

असोज ६ , सप्तरी – सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको स्वास्थ्य चौकीले बिरामीलाई म्याद गुज्रेको औषधि दिएको खुलेको छ ।

खोकी लागेर स्वास्थ्य संस्थामा जचाउन गएका स्थानीय ७० वर्षका धियानी मण्डललाई स्वास्थ्यकर्मीले म्याद गुज्रेको औषधि दिएको हो ।

केहि दिनदेखि खोकी लाग्ने आफुलाई कम्जोर महसुस गरेपछि उनी स्वास्थ्य संस्थामा जँचाउन जाँदा स्वास्थ्यकर्मीले मोक्सिलेब ५०० एमजीको एन्टिबायोटिक ट्याब्लेट दिएका थिए ।

lekbesi

उक्त ट्याब्लेटको म्याद एक महिनाअघि अर्थात अगस्ट २०१९ मै सकिएको थियो । म्याद गुज्रेको औषधि खाँदा उनी हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदह बजारमा आइतबार साँझ बेहोस भएका थिए ।

स्थानीयले उनको उद्वार गरी औषधि हेर्दा म्याद गुज्रेको पाइएको स्थानीय गंगा साहले बताए । म्याद गुज्रेको औषधि खाँदा विरामी वृद्धललाई एलर्जी देखिएको स्वास्थ्य संस्थाका हेल्थ असिस्टेन्ट योगेश मण्डलले बताए ।

यस्तो सूचना पाएपछि एलर्जी ठीक पार्ने औषधि दिएकोउनि बताउछन । कर्मचारीहरुले भुल बस भन्ने कि जानी जानी भन्ने म्याद गुज्रेका औषधिहरुलाई अलग ठाउँमा राखे पनि वितरण गर्ने कर्मचारीले त्यही औषधि दिए । सरकारी स्वास्थ्य संस्थाले म्याद गुज्रिएको औषधि नष्ट नगरी राख्नु गलत भएको अधिकारकर्मी जंगबहादुर सिंह बताउछन ।