तराईको राँगो काठमान्डौमा आएर वितण्डा मच्चाएपछि प्रहरीले गोलि हानेर ढाल्यो दुईजना घाईते ,

Naumule

असोज ७ ,काठमान्डौ – तराईबाट मासुको लागि ल्याइएको एक राँगोले वितण्डा मच्चाएपछि मङ्गलबार बिहान प्रहरीले गोली हानेर मारेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले उक्त राँगो मारेको हो ।राँगोले वितण्डा मच्चाउन थालेपछि नियन्त्रणमा लिन न्यूरोडको खिचापोखरीमा घेरा हालेर प्रहरीले मार्नुपरेको जनसेवाका प्रमुख डीएसपी बासु पाठकले जानकारी दिए ।

राँगो छट्पटिएर भाग्ने क्रममा तीन जना सामान्य घाइते समेत भएका छन् भने एक ट्याक्सीमा समेत क्षति पुगेको छ ।

Gurvakot

प्रहरीका अनुसार नजिकिँदै गरेको दशैंको लागि राँगो तराईबाट काठमाडौं ल्याइएको हो ।विष्णुमती करिडोर नजिकै राँगो काट्ने स्थानमा बधशाला छ ।

विष्णुमती करिडोरबाट राँगो रन्थनिएर भागेको हुनुसक्ने र मान्छे हान्दै भाग्ने गरेको हुन सक्ने डीएसपी पाठकले बताए ।२०७५ फागुन ११ गते राँगोले वितण्डा मच्चाउँदा चन्द्रगिरी नगरपालिकामा २ जनाको मृत्यु समेत भएको थियो ।

Bangad kupinde