suekhet
bheriad

सामान चेक गर्न चढेका प्रहरीलाई ड्राईभरले लगेर भागेपछि गोलि हानि पक्राउ ,

lekabesi

असोज ७ , हेटौंडा – मकवानपुरमा प्रहरीले ट्रक चालकलाई गोलि हानि गाँजा सहित पक्राउ गरेको छ। प्रहरीले चालक अफ्रिका चौधरीलाई नियन्त्रणमा लिन देब्रे खुट्टामा दुइ राउण्ड गोलि प्रहार गरेको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले बताए ।

ट्रक चालक अफ्रिका चौधरी पर्सा वीरगन्ज महानगरपालिका,२९ निवासी हुन् ।मंगलबार बिहान १ बजे पूर्वपश्चिम राजमार्गको हेटौंडा,१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर उनि भागेपछि पिछा गर्दै गएको प्रहरी टोलीले घेरा हाली उनलाई गोलि हानेको थियो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रकबाट प्रहरीले १४ पोका गाँजा बरामद गरेको छ । ७८ किलो ८०० ग्राम गाँजासहित पक्राउ परेका चौधरीलाई प्रहरीले हेटौंडा अस्पतालमा उपचार गराइरहेको छ ।

पक्राउ परेका चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरिएको छ । उक्त ऐनअनुसार २ बर्ष देखि १० बर्ष कैद र १५ हजा देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ । ट्रकमा रहेका अर्का एक ब्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।