जागरण अभियानमा कांग्रेस कार्यकर्ताले आफ्नै सांसदलाई कुटपिट गरि मञ्चबाट खसालेपछि,

असोज ७ , सप्तरी – जागरण अभियानका क्रममा राजविराजमा आयोजित एक कार्यक्रममा आफ्नै कांग्रेस कार्यकर्ताले सांसदमाथि कुटपिट गरेका छन् ।

आसन ग्रहणको विषयलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताले सप्तरी–४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद् तेजुलाल चौधरीमाथि मंगलबार कार्यकर्ताले हातपात गरेका हुन् ।

स्थानीय पबि माध्यमिक विधालयको मैदानमा आयोजना गरिएको जागरण अभियान समापन कार्यक्रमको आसन ग्रहणको विषयलाई लिएर उत्पन्न भएको विवादमा निर्वाचित सांसद् चौधरीमाथि कांग्रेसकै कार्यकर्ताहरुले हातपात गर्दै मञ्चबाट तल झारिदिएका छन् ।

lekbesi

आसन ग्रहणको क्रममा पार्टीका बरिस्ट नेताहरुलाई आसन ग्रहण गराएपनि सांसद् चौधरीलाई नगराएपछि वरिष्ठताको विवाद सार्वजनिक मञ्चमै भएको थियो ।

त्यसपछि सांसद् चौधरीसहितका एक खेमाले कार्यक्रम बहिष्कार गर्दै राजविराजमा कांग्रेस सप्तरी सभापति दिनेश यादवविरुद्ध नाराबाजी गर्दै कारबाहीको माग गरे ।

विगतमा पनि जिल्ला सभापति यादवले पार्टीलाई एकलौटी बनाउन खोजेको र त्यसको विरोध गर्दा नै आफूमाथि आज सामान्य विषयमा उनले नै हातपात गराइएको दाबी सांसद् चौधरीले गरे ।

हातपात हुन थालेपछि कार्यक्रममा सहभागीले बहिस्कार गरे सभापति यादवले भने आरोप अस्वीकार गरि सांसद चौधरीले नै कार्यकर्ता लाई गाली गरेको आरोप लगाएका छन् ।