रुकुम चौरजहारी

विप्लवले सुरु गर्यो प्रदेशका जनप्रतिनिधि लखेट्ने अभियान,

रुकुम आठ विसकोट

असोज ७ ,कालिकोट – सरकारले प्रतिबन्ध लगाएपछि नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ।

चन्द समुहले कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा मंगलबार आरसिपी बजारमा मार्चपास सहित विरोध प्रदर्शन गरेको हो। वर्तमान सरकारले राजनीतिक शक्तिलाई प्रतिबन्ध लगाएर आफुहरु विरुद्ध दमन गरेको भन्दै नेकपाले विरोध प्रदर्शन सहित विरोध सभाको आयोजना गरेको छ।

विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी कालिकोट जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारी बिराटले आफुहरुमाथिको दमन नरोकिए जनप्रतिनिधिलाई गाँउबाट लखेट्ने चेतावनी दिए।

आफुहरु निरन्तर जस्तोसुकै चुनौती र अवरोधको अवस्थमापनि क्रान्तिको बाटो हिडी राख्ने र सरकारको सामना गर्ने नेकपाका नेता बिराटले बताए सत्तारुढ कम्युनिस्ट पार्टीले कम्युनिस्ट मुल्य, मान्यता र विचारको बदनाम गरिरहेको तर यथार्थमा उनीहरु कम्युनिस्ट नभएको उनको आरोप छ।

उनले भने, ‘अहिलेको प्रक्रियाबाट शान्ति र समृद्धि सम्भव छैन। नेकपाको अभियानमा विभिन्न ढंगले सहयोग गर्न बुद्धिजीवी, शिक्षक, कर्मचारी र आम जनतालाई अपिल गर्दछु।

बैज्ञानिक समाजवादी व्यवस्थामा मात्र दलितको हक अधिकार सुनिश्चित हुने कार्यक्रममा नेकपा निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य साहसीले बताए।

उनले विगतको १० वर्षे जनयुद्धमा दलित समुदायले गरेको लगानी र बलिदानी अहिलेको सत्रारुढ नेकपाले बेची खाएको आरोप लगाए। प्रचण्ड र केपी ओलीले कम्यूनिष्टको खोल ओडेर आम सर्वहारा वर्गहरुको बलिदानी र नेपाली जनताको चाहानाको होली खेलेका छन्।

हामीले विगतको दश वर्षे जनयुद्धमा गरेको लगानी र बलिदानीको अपमान भएको छ। यसको बदलामा आम दलित समुदायहरु एकीकृत जनक्रान्तिको पक्षमा उभिन जरुरी छ उनले भने ।

तेस्तै नेकपाको जनपक्षीय नीति कार्यक्रमदेखि तर्सिएर वर्तमान सरकारले आफूहरुप्रति प्रतिबन्ध लगाएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपले बताए।

पार्टीले निर्देशन गरे एकै रातमा सम्पुर्ण स्थानीय सरकार कब्जामा लिने क्षमता आफुसंग रहेको भन्दै सरकारको दमन नरोकिए आफ्नो धैर्यताको बाँध टुट्न सक्ने उनले चेतावनी दिए।

नेपालि जनतामा देखाएको वैमानीलाई यो सरकारले ठुलो मुल्य चुकाउनुपर्ने समेत उनले बताए कार्यक्रममा नेकपा निकट युवा संगठन नेपालका कर्णाली ब्युरो संयोजक शितल विष्टले राष्ट्र र जनताको मुक्तिका लागि आफुहरु जुनसुकै प्रकारको बलिदान गर्न तयार रहेको बताए।

गाँउ,गाँउबाट आफुहरुलाई जनमत जुटेको समेत नेकपा कालिकोट जिल्ला सदस्य तथा एरिया न. ३ का इन्चार्ज कञ्चन शाहीले जानकारी गरेका छन् भने पार्टीले सरकारको विरोध सभासंगै नेकपाले युवा संगठन र दलित संगठनको जिल्ला भेला पनि सम्पन्न गरेको छ।