surkhet

म पनि द्वन्द्व पीडित हुँ प्रचण्ड ,,

surkhet

असोज ९ , रुपन्देही – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी गरेका छन् । ‘

प्रचण्ड’ले डेढ वर्षमा चमत्कारको आश गर्नु स्वैर कल्पना मात्र हुने बताएका छन् । नयाँ संविधानअनुसार चुनाव भएर सरकार बनेको दुई वर्ष नपुग्दै धेरै नकारात्मक टिप्पणी भएको भन्दै उनले असन्तुष्टि जनाए ।‘

ढाइसय वर्षदेखि तानाशाही र निरंकुशताले जरजर बनाएको समाजमा डेढ वर्षमै चमत्कार गर्न सक्नुपर्थ्यो भनेर सोच्नु कल्पना त हुनसक्छ तर स्वैर’, उनले अघि भने ।

Dailekh
Gorkha

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आफूले प्रधानमन्त्रीको रुपमा, राजनीतिक नेतृत्वको रुपमा निरन्तर पहल गरिरहेको पनि बताए ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने वातावरण बनाउन आफूले अमेरिका, भारत, चीन र युरोपका विभिन्न मुलुकसँग पनि लगातार प्रयास गरिरहेको अध्यक्ष प्रचण्डले दावी गरे ।

संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन ढिलाई हुनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको उल्लेख गर्दै अब सत्ता र प्रतिपक्ष दुवै दल सो समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको पनि बताए ।

salyan