गाउँपालिका अध्यक्ष विष्णु भट्ट भन्छन, दक्ष तथा प्राविधिक अभावले बजेट खर्च गर्न गारो भयो ,,

असोज ९ गोरखा – गोरखाको सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले दक्ष तथा प्राविधिक अभावले गर्दा बजेट खर्च गर्न कठिन भएको बताउनुभयो ।

क्षमतावान कर्मचारी अभावले गुणस्तरीय काम नहुँँदा आजित भएको छु,” उहाँले भन्नुभयोे, “एक गाउँ एक प्राविधिकको कुरा नारामै सीमित हुँदा धेरै गाउँमा समस्या छ ।संघीयतामा पनि सांसद विकास कोषको रूपमा बजेट विनियोजन गर्नु लाजमर्दो कुरा भएको उहाँले टिप्पणी गर्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा जाइकाको आर्थिक सहयोगमा पोखरामा सञ्चालन भएको दुईदिने अन्तर तह

समन्वय तथा स्थानीय तहको क्षमता विकाससम्बन्धी अन्तक्र्रियाका सहभागीले पनि स्थानीय तहमा अझै पनि दक्ष र प्राविधिक कर्मचारी अभाव भएको गुनासो गरेका छन् ।

उक्त कार्यक्रममा बागलुङस्थित बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले तीन तहको सरकारबीच हाल एकले अर्कोलाई अस्तित्व स्वीकार्न नसक्दा फुटबल खेलेजस्तो खेलाउने गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योेग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले वन ऐन परिवर्तन गर्नुपर्ने विषयमा प्रदेश सरकारले वन ऐन ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले गाउँपालिका तथा नगरपालिकाका अध्यक्षहरूले भने झैं अब प्रदेश सरकारले साना योजना नल्याउने दाबी गर्नुभयो ।

तेस्तै गण्डकी प्रदेशका स्थानीय तहका अध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृतहरूले स्थानीय तहमा अझै पनि दक्ष र प्राविधिक कर्मचारी अभावले सोचेअनुरुप काम गर्न नसकेको गुनासो गरेका छन् ।

https://youtu.be/lY8PxzsyNAA