Simta
Gurvakot
Gurvakot

घुस लिएको आरोपमा सशस्त्रको घुमुवा अख्तियारको फन्दामा rangadarpan

असोज १० ,- नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको प्रतापपुरको गोपिगंजमा व्यापारीसित सात हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार सशस्त्र प्रहरी बेस क्याम्प सेमरी नवलपरासी पश्चिममा कार्यरत सहायक हवल्दार ज्ञानेन्द्र मौर्या पक्राउ परेका छन् ।

ब्यापारीसंग ७ हजार रुपैयाँ सर समान सहज रुपामा अोसारपसार गरिदिने भनेर घुस लिएको आरोपमा सशस्त्र प्रहरी बेस क्याम्प सेमरीका घुमुवा रंगेहात पक्राउ परेका छन् ।

व्यापारीको सर समान सहज रुपमा गन्तव्य पुर्याइदिने भनी हवल्दारले सोहीबापत रकम मागेर हैरान गरेपछि अख्तियारमा उजुरी परेको थियो । व्यापारी संग रकम बुझिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसंधान अायोग बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई गोपीगंजमा पक्राउ गरेको थियो ।

lekbesi
Simta

आयोगको क्षेत्रीय कार्यालय बुटवलका प्रवक्ता सुरेश भुषालले गुनासो आएपछि बजार पुग्दा रकम लेनदेनकै अवस्थामा भेटिएको बताए । आवश्यक अनुसन्धानका लागि मौर्यालाई क्षेत्रीय कार्यालय बुटवल लगिएको भुषालले जनाएका छन ।

अंगद यादव / नवलपरासी पश्चिम ,

https://youtu.be/lY8PxzsyNAA