suekhet
bheriad

जनकपुर हिडेका गृहमन्त्री थापा रामेछापमा अवतरण ,

lekabesi

असोज ११ , रामेछाप – जनकपुर तिर हिडेका गृहमन्त्री राम बहादुर थापाको हेलिकोप्टर रामेछापमा अवतरण गरेको छ ।जनकपुर जाँदै गर्दा आकासमै अचानक मौसम बिग्रीएपछि गृहमन्त्री थापा बादल चढेको सेनाको एमआई-१७ हेलिकप्टर रामेछाप विमानस्थलमा अवतरण गरिएको हो ।

हेलिकोप्टर सिन्धुलीको रुट हुदै गएको थियो महाभारत क्षेत्रमा बाक्लो कुहिरो लागेको थियो तेस्पछि अचनाक उक्त हेलिकप्टर साढे नौ बजे मन्थलीमा हेलिकोप्टर उतारिएको हो ।

हेलिकप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् । मध्यान्न सम्म जनकपुरको मौसममा सुधार नआएपछि थापा लगायतको टोली रामेछाप विमानस्थलमानै प्रतिक्षामा बसेको रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकरी गरे। ,थापा सहितको टोलि खानाखान मन्थली बजार तर्फ लागेका छन्।