पत्रकार स्वयंमले कस्तो मूल्यमान्यता आचार संहिता बनाउन सोच्नुपर्छ प्रचण्ड ,

Naumule

असोज ११ , काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेसक्ने र तेस्मा सञ्चारकर्मीहरुलाई ढुक्कहुन आग्रह गरेका छन् ।

संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढ रहेको उनले बताए । शनिबार काठमान्डौमा आयोजित एक कार्यक्रममा प्रचण्डले बोल्दै भने प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावना विपरित हुन्छ,।

संसदमा पेश गरिएका चालू विधेयकलाई परिमार्जन गर्ने, संशोधन गर्ने र त्यसलाई संविधानको भावना र मर्म अनुसार बनाउन आफ्नो पार्टी दृढ रहेको विश्वास म सञ्चारकर्मी साथीहरुलाई दिलाउन चाहन्छु ।

Gurvakot

हाम्रो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको छ तर प्रेस स्वतन्त्रताको अर्थ अराजकता होइन, उदण्डता होइन भन्नेमा सञ्चारकर्मीहरुले पनि ध्यान दिनुपर्ने उनले बताए ।

राज्य नियन्त्रण गर्नुभन्दा पत्रकार स्वयंमले कस्तो मूल्यमान्यता आचार संहिता बनाउन सोच्नु पर्ने पनि प्रचण्डले बताए ।

https://www.youtube.com/watch?v=G-zd8l0ZIZQ&t=115s

 

 

 

Bangad kupinde