ज्ञानेद्र शाहीको अवस्था गम्भीर पछि उपचारको लागि काठमान्डौ पठाईयो ,,
असोज ११ , काठमान्डौ – ज्ञानेन्द्र शाहीलाई थप उपचारको लागि काठमान्डौ पठाईएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भईरहँदा उनको टाउकोमा अत्यधिक चोट लागेको हुनाले उनलाई काठमान्डौ ल्याईएको प्रहरीले बताएको छ ।
बाहिरी चोट ठूलो नदेखिएपनि सिटी स्क्यान नगरी अवस्थाको बारेमा भन्न नसकिने अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बताएका थिए ।
उनको टाउकोको सिटी स्क्यान पनि भयो तर थप केहि गम्भीर अवस्था देखिएपछि उनलाई उपचारको लागि काठमान्डौ ल्याईएको छ ।उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।शाहीले चौबिसकोठी चौतारोमा कार्यक्रम गर्न खोज्दै थिए । कार्यक्रम सुरू हुनुभन्दा अघि उनी बसेको ग्लोबल होटलमा नै उनीमाथि आक्रमण भएको थियो।
प्रहरीका अनुसार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका थिए । आफूलाई भ्रष्टाचारको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई सत्तारूढ दल निकट युवा विद्यार्थी रुस्ट हुँदै विभिन्न जिल्लामा निषेध समेत गरेको छ ।
https://www.youtube.com/watch?v=lY8PxzsyNAA