आजदेखि बडा दशैँ सुरु विजयादशमीको टीकाको शुभ साइत कुन समयमा ,
असोज १२ , काठमान्डौ – नेपालिको महानपर्व बडा दशैँ आजदेखि सुरु भएको मानिन्छ आज देखि सम्पूर्ण नेपालिको घर घरमाको कुनामा लिपपोत गरि जमरा राख्ने गरिन्छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ ।
गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
,यो वर्षको घटस्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ ।
आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि सोही समय (१०ः३५) नै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको सो साइतलाई गृह मन्त्रालयले समेत एक सूचना निकालेर सर्कुलर जारी गरेको छ ।
तेस्तै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर विज्ञप्ति नेकालेको छ । यो हेर्नुहोस ,
https://www.youtube.com/watch?v=lY8PxzsyNAA