suekhet
bheriad

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने कायर हुन् गगन थापा ,,

lekabesi

असोज १२ , काठमान्डौ – सामाजिक अभियनाता भ्रष्टाचार विरोधी ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रममण भएकोप्रति काँग्रेस नेता गगन थापाले कडा आलोचना गरेका छन् ।

आक्रमणमा संलग्नहरुलाई कायरको संज्ञा दिँदै उनीहरुका बारेमा टिप्पणी गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गगन थापाले गरेका छन् ।‘

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने कायर हुन् यो कायरताका लागि उक्साउनेहरु दोषी हुन्। विचरा कायरहरुका बारेमा के टिप्पणी गर्नु र अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

भरतपुरको चौविसकोठीमा उनको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि होटेलबाट बाहिरिदा ज्ञानेद्र शाहीमाथि आक्रमण भएको थियो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो ।

शाहीको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा पनि चोट लागेको छ उनको अहिले काठमान्डौ ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।‘

भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नम्बरको माइक्रोबसमा आक्रमण भएको चितवन प्रहरीले जनाएको छ ,।‘ आक्रमण भयको खबर भएको थाहा पाएपछि तत्काल प्रहरी घटनास्थल पुगेर शाहीलाई उद्दार गरेको थियो ।‘

शाहीले गणतन्त्र लोकतन्त्र विरोध गर्दै हिडेको भन्दै युवा संघले उनलाई विभिन्न जिल्लमा प्रवेश निषेध गरेको छ , ।चितवनमा पनि रोक लगाईएको थियो।

रोक लगाईएको स्थानमा पुगेर उनले कार्यक्रम संचालन गर्न लाग्दा उनको काय्रक्रममा केहि समुहले नाराबाजी गरि बन्द गरेका थिए , ।

राजावादी शाहीलाई चितवनमा कार्यकर्म हर्न दिदैनौ भन्दै नाराबाजी गरेपछि अप्रिय घटना घटना सक्नेभन्दै प्रहरीले अगाडीनै शाही र शाहीको समुहलाई जानकारी गरेको थियो ।