Gold

प्रचण्ड देखि शिर्ष नेता कुमारी हलमा चलचित्र पंचायत हेर्दै ,,

Naumule Migrate

रंग दर्पण २६ फागुन काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको चलचित्र ‘पंचायत’को भव्य रेड कार्पेट प्रिमियर हेर्नका लागि विभिन्न दलका शिर्ष नेताहरु, मन्त्री, कलाकार, पत्रकार, चलचित्रकर्मी कुमारी हल पुगेका थिए । चलचित्र हेर्न पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल कुमारी हल पुगे ।

यस्तै, पूर्व अर्थमन्त्री बर्षमान पुन, पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, पूर्व संचारमन्त्री मिनेन्द्र रिजाल, नेकपा एमालेका यूवा नेता योगेश भट्टराई लगायत हल पुगेका थिए । चलचित्र हेरेपछि नेताहरुले उत्कृष्ट कथामा चलचित्र बनेको बताउँदै कलाकारको अभिनय, प्रस्तुतिको खुलेरै प्रशंसा गरे । वि.सं २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा सँस्कृतिसँग जोडेर चलचित्र निर्माण गरिएको छ ।

चलचित्रका कलाकारहरु नीता ढुंगाना, सरोज खनाल चलचित्रकै भेषमा हल पुगेका थिए । शिवम् अधिकारीले निर्देशन गरेको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । सुशान्त श्रेष्ठ, गणेश गिरीले मिलेर बनाएको चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन् ।

Naumule Badhipahiro