दशैमा कमाउने मौका बढी भाडा असुल्ने ५ जना पक्राउ ,

असोज १२ ,काठमान्डौ – दशैमा घर जानेहरुको टिकट काउन्टरमा खचा खच छ ,टिकट लिन जाँदा काउन्टरमा १९ गते सम्मको टिकेट छैन समेत भन्ने काउन्टरले जवाफ दिने गरेको छ , ।

यसै क्रममा दशैँको मौका छोपी केहि काउन्टरवालाले बढी पैसा असुल्ने गरेको पनि खुल्न आएको छ ।बढी भाडा असुलेको अभियोगमा प्रहरीले टिकट काउन्टरबाट ५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशामा खटिएका प्रहरीले उनीहरुलाई कोटेश्वर र बल्खुबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।

मकवानपुरका श्रीराम स्याङ्तान, बाराका चन्दन साह, सिन्धुलीका दीपेन्द्र पौडेल, पाँचथरका उपेन्द्र ढुंगाना र महोत्तरीका विशाल घिसिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालिमाटी र तीनकुनेमा राखिएको छ ।दसैं लक्षित अग्रिम बुकिङ खुलेपछि ९ जना चालकसमेत पक्राउ परेका छन् । लामो दूरीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने प्रवाधान उलंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

यस्तै १४ वटा नागरिक सहायता कक्षमा टिकट काउन्टर विरुद्ध ८ वटा गुनासा/उजूरी परेका छन् । बढि भाडा असुली, सिट नम्बर नखुलेको, भाडा लिएर यात्रु नबोकी बस छुटेको, टिकटमा गाडी नम्बर उल्लेख नगरेको लगायतका उजुरी परेका छन् ।

यसैबीच ८५ हजार ९१ यात्रुले उपत्यकाका विभिन्न काउन्टरबाट अग्रिम टिकट बुकिङ गरेका छन् । आइतबार साँझसम्मको अभिलेख अनुसार अग्रिम टिकट खुलेपछि ८० हजार ३ सय ४१ जना राजधानी भित्रिएका र ८८ हजार ८० सर्वसाधरण बाहिरिएका छन् ।

पक्राउ परेकालाई ठगी अभियोगमा मुद्दा दायर गरिने एसएसपी ढकालले बताए संगै राजधानीका यातायात काउन्टरको निगरानीमा समेत सादा पोशाकका ट्राफिक प्रहरीलाई खटाइएको उनले बताए ।

https://www.youtube.com/watch?v=6Hhm160DtHw