suekhet
bheriad

कृषि विकास बैंक लहान शाखाका कर्मचारी पक्राउ, बैंक ह्याक प्रकरण,

lekabesi

असोज १२ , काठमान्डौ – कृषि विकास बैंक लहान शाखाका लोन शाखा प्रमुख सुनीलकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

केहि दिन अगाडी लाहान शाखाबाट कृषि विकास बैंक ह्याक गरी ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरि सार्वजानिक अग्रेको थियो।

बैंककै कर्मचारीको संलग्नता हुनसक्ने भन्दै उनलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो १२ जनालाई पक्राउ गर्दापनि बैंककै कर्मचारीको कर्मचारीकै युजर आइडी ह्याक गरिएको खुल्न आएको थियो ,।

केहि साता अगाडीपनि प्रहरीले महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई पक्राउ गरेको थियो। भट्टको महेन्द्रनगरस्थित कृषि विकास बैंकको शाखाको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको थियाे।

त्यस्तै पर्वतकी मालतीदेवी न्यौपानेको खातामा २४ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको थियाे।गत बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो। उनी प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन्।

उनी पनि बैंक ह्याक प्रकरणका नेपाली एजेन्ट भएको प्रहरीले जनाएको छ। उनको खातामा ६५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने फरार छन्।

उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ। ह्याकरले आफुहरुलाई १० देखि ३५ प्रतिशत रकम आउने भयकोले काम गरिरहेको जानकारी अनुसन्धानमा बोलेका छन् ,।

जसको मुख्य नाईके भारतमा रहेको र उनलाई नेपाली रुपिया आईसी बनाएर वा हुण्डी मार्फत पठाउने गरेको खुलेको छ , ।नेपालको एउटै ब्याङ्कबाट ५ अर्ब सम्म ह्याक गर्न सकिने समेत ह्याकरले बताएका छन्।

https://www.youtube.com/watch?v=lY8PxzsyNAA