सामाजिक सञ्जालमा रेणु दाहालको चरित्र हत्या विरुद्द जाहेरी प्रहरी भन्छ अब अति भो कसैलाई छोडिनन ,

असोज १२ , चितवन – भरतपुर महानगरपालिकले नगर प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु बिरुद्ध जाहेरी दर्ता गरेको छ ।

आईतबार महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमाफ्रत गृहमन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दिएको छ।

राजावादी ज्ञानेद्र शाहीलाई शनिबार अज्ञात समुहले कुटपिट गरेको थियो , ज्ञान बहादुर शाहीलाई आक्रमण पछि प्रमुख दाहालविरुद्ध सामाजिक सञ्जालका प्रयोगकर्ताले अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट गरेका थिए ।

सामाजिक संजाल भरि रेणु दाहाल र पुस्कमल दाहाल प्रचण्डलाई समेत आतंकारी भनेर लेखेर पोस्ट गरेका भेटिनछन् महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनि उपचार खोजेको जाहेरीमा जनाइएको छ ।

महानगर प्रमुख दाहाललाई लक्ष्ति गरी आएका अश्लिल पोष्टहरु बारे जाहेरी आएको चितवन प्रहरीले जनाएको छ । त्यसबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीको दाबी छ ।

प्रहरी भन्छ अब अतिनै भैसक्यो , हामीले बारम बार छुट दिएरपनि अति भो अब यस्तो हर्कत गर्ने कसैलाई पनि नछोड्ने प्रहरीले बताएको छ ।, प्रहरीले केहि ब्याक्ति समेतलाई टार्गेट बनाईसकेको छ जसको आईडी के हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।