रेनु दाहाललाई गाली गलौज गर्ने एकजना पक्राऊ ,विदेश भएकालाई ब्युरोले ट्रयाक खोज्दै ,,

असोज १२ , काठमान्डौ – मेयर रेणु दाहाललाई सामाजिक संजालमा गालि गलैज गर्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ भने १२ जनाको नाम किटानी जाहेरी रहेको छ।

मेयर रेनुको चरित्र हत्या गर्ने किसिमका विद्युतीय सामग्री प्रकाशन र प्रसारण गरेको आरोपमा पूर्वी चितवनका ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरेको चितवन जिल्लाका प्रहरी प्रमुख दान बहादुर मल्लले बताए ।

शनिवारका दिन ज्ञानेन्द्र शाहीको कार्यक्रम स्थानीयवासीले बिथोलेपछि मेयर रेनुविरुद्द कतिपय व्यक्तिले उच्छृंखल, अपाच्य र अश्लीलता प्रदर्शन हुने भाषा प्रयोग गर्दै सामाजिक सञ्जालमा सामग्री प्रकाशन तथा प्रसारण गरेपछि प्रहरीले सक्रियता बढाएको हो ।

एसपी मल्लका अनुसार, मेयरविरुद्ध तथानाम लेख्ने एक दर्जन व्यक्तिविरुद्द जाहेरी परेको छ भने कतिपय व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ ।“एक दर्जनजति उजुरी परेका छन् । भोली हामीकहाँ आएका सबै उजुरीलाई नेपाल प्रहरीको साइबर सेलमा पठाउँछौं मल्ले बताए ।

विद्युतीय अपराध अन्तर्गत पर्ने किसिमका अपराध गर्ने चितवन जिल्लामा रहेका व्यक्तिलाई जिल्ला प्रहरीले कार्वाही अघि बढाउने र नेपाल तथा बाहिर रहेकाहरुलाई केन्द्रीय साइबर ब्यूरोले कार्वाही शुरु गरेको उनले जानकारी दिए ।

धेरैले फेक आईडी बनाउने र बाहिर बाट अस्लिल पोस्ट गर्नेलाई प्रहरीले ट्रयाक गर्ने काम भइरहेको मल्ले जानकारी दिए मेयर रेनु यति खेर विदेशमा छिन तर ज्ञानेद्रको कार्यक्रम रेनुले बिथोल्न लगाको र कुट्न लगाको भनि तथा नाम गालि भईरहेका छन् ।

आलोचना गर्ने अधिकार सबैको भएपनि सार्वजनिकरुपमा गालीगलौज गर्ने, चरित्रहत्या गर्ने र मानमर्दन गर्ने छूट कसैलाई नभएको भन्दै अमर्यादित कुरा सार्वजनिक गर्नेमाथि प्रहरीले कार्वाही गर्ने मल्लले बताए ।