surkhet

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा,दक्षिण एसियाकै’ पहिलो,

surkhet

असोज १३ , काठमान्डौ – नेपाल खुल्ला दिशामुक्त राष्ट्र घोषणा भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गरेका छन् ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा फहराउनुका साथै आतिसबाजी गरिएको थियो ।

कार्यक्रमको अन्त्यतिर मञ्चको अगाडि एक हुल बिद्यार्थीले ‘खुला दिसामुक्त बाई बाई, पूर्ण सरसफाइ हाई हाई नारा पनि लगाएका छन्। नेपाल खुला दिसामुक्त भएको र अब पूर्ण सरसफाइतिर अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको थियो ।

Dailekh

कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाललाई खुला दिसामुक्त बनाउन विद्यार्थी, नागरिक समाज, सञ्चार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गरेका थिए ।नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

Gorkha

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालका यो लागि ऐतिहासिक पहल भएको समेत बताए । यो संगै नेपाल विश्वमै पहिलो पटक खुला दिसामुक्त राष्ट्र घोषित’ भएको हो ।

नेपाललाई खुल्ला दिशा मुक्त राष्ट्र घोसना गर्ने लक्ष्य २०६८ सालमा सुरु भएको थियो सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाउँदै नेपाल नै खुला दिसामुक्त राष्ट्र हुन पुगेकोमा खानेपानि मन्त्रि बिना मगरले खुसि व्यक्त गरिन् ।

तेस्तै उक्त कार्यक्रममा मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेललगायतले नेपाल खुला दिशामुक्त क्षेत्र घोषणा गरेर उदाहरणीय काम गरेको बताएका छ ।

https://youtu.be/lY8PxzsyNAA

salyan