सभामुख प्रकरण :रोशनी शाही भन्छिन महरा सरमा लागेको आरोप झुटा हुन्,मेरो पिता सरह हुनुहुन्छ ,

असोज १४ , काठमान्डौ – सभामुखलाई यौन दुर्ब्यबहारको आरोप लागाउने रोशनी शाहीले नँया ट्वुइस्ट पैदा गरेको देखिन्छ , ।

हिजोमात्र सभामुख महरा आफ्नो कोठामा आएर यौन दुर्ब्यबहार गरेको आरोप लगाएकि रोशनीले आज फेरी आफुले अन्जानमा बोलेको कुरा स्वीकार गरिन उनले भनिन ,।

म डिप्रेसनको औसधि खाईरहेको छु, म सचिवालयमा कम गर्छु , महरा सर संग मेरो तेती भेटनै हुन्न र अर्को कुरा उँहा मेरो पिता सरह मान्छे हो ।

lekbesi

कर्मचारी समायोजन विषयामा मैले भनेको नहुँदा मैले अन्जानमा गालि पनि गरेको हु जसरि मेडियामा आएको कुरा छ त्यो कुरा गलत हो उनले भनिन् ।

,तेस्तै सभामुख महरामाथि यौन दुर्ब्यबहारको आरोप लागेपछि महाराले आज राजिनामा समेत दिएका छन् ।ध्यानयोग्य कुरा के छ भने, अघिल्लो भिडियोमा उनको बोली सुन्दा उनी पूर्ण होसहवासमा नरहेको अनुभव गर्न सकिन्छ ।

आजको भिडियोमा भने उनको बोली पूर्ण होसहवासमै रहेको तर उनका भनाइहरु, बोलाइहरु संगतीपूर्ण देखिन्न ।मंगलबार नै घट्नाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताएको थियो । तर, एकाएक शाहीले बोली फेरेपछि घटना थप रहस्यमय बनेको छ ।

यो घट्नाले नेपालका संचारमाध्यम, अनुसन्धान गर्ने निकाय रर राजनीतिक दलहरुको क्षमतामाथि नै गम्भीर प्रश्न गर्न सक्ने अवस्था सिर्जना गरेको छ ।

मिडियाको बयानबाजीबाट महरालाई राजीनामा समेत गराउने गरी विवादको तुफान खडा गर्ने पीडित भनिएका रोशनी शाहीले नै इन्कारी बयान गरेपछि घटनाको पटाक्षेप भएको तर्कहरुसहित सामाजिक सञ्जाल र मिडियामा ‘ट्रयाल’ चल्न शुरु भएको छ ।

तर यो सामान्य प्रकृतिको घटना नभई अत्यन्तै गम्भीर, राजनीतिमा दुरगामी प्रभाव पार्न सक्ने घटना भएकोले गर्दा यस समग्र प्रकरणमा विशेष छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनु जरुरी छ ।