महाराको राजिनामा पत्रको सुचना संसदमा टाँसीयो अब को बन्ला सभामुख ,

Naumule

असोज १५ , काठमान्डौ – सभामुख कृष्ण बहादुर महाराले यौन दुर्व्यवहारको आरोप लागेपछि दिएको राजिनामा पत्र सूचना संसदमा टाँसीएको छ ।

उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताएका छन् ।

महराले आफु माथि लगाईएको आरोपबारे सत्य सत्य तथ्य छानबिन नहुन्जेल सम्मको लागि राजिनामा दिएका बताएका थिए ।उनले लेखेको राजिनामाबारे पनि विभिन्न टिकाटिप्पणी भईरहेका छन् र यसको बारेमा संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन ।

महराको निजी सचिवालयले छानविन प्रक्रिया पूरा भइसकेपछि उनी पुन: जिम्मेवारीमा र्फकने दाबी गरेका थिए । यस्तो सर्तलाई संविधान र कानुनले चिन्दैन ।राजीनामा दिएपछि सभामुख पद स्वतः खारेज भएको मानिन्छ । संविधानको धारा ९१ उपधारा ६ को (ख) मा सभामुखले लिखित राजीनामा दिए पदमुक्त हुने व्यवस्था छ ।

Gurvakot

तर सचिवालयका सचिव भरतराज गौतमका अनुसार उपसभामुख शिवमाया तुम्बाहाम्फेको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम सूचना प्रकाशन गरेको प्रस्ट पारेका छन्।

संसद्‌ बैठक चालु रहेको अवस्थामा अध्यक्षता गर्ने व्यक्तिले सभामुखको राजीनामा पत्र पढेर सुनाउने र बैठक नभएको अवस्थामा सूचना पत्रमा प्रकाशन गरिने उल्लेख छ।संसद सचिवालयकि कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि दुर्व्यवहारको आरोप लगाएपछि महराले मंगलबार दिउँसो राजीनामा दिएका थिए।

https://www.youtube.com/watch?v=G-zd8l0ZIZQ

 

Bangad kupinde