suekhet
bheriad

के हो डिप्रेसन ? मान्छेले किन आत्महत्या गर्छ र तथानाम बोल्छ पढ्नुहोस,rangadarpan

lekabesi

असोज १५ , काठमान्डौ – हामो समाजले जुनसुकै मानसिक रोगलाई पनि डिप्रेसन भन्छ ।यो सरासर गलत हो , सयौं मानसिक रोगमध्ये डिप्रेसन एउटा रोग हो।

डिप्रेसन भएको व्यक्ति डर मान्ने, साहस / उमंग / आत्मबल कम भएको हुन्छ ।डिप्रेसन भएको व्यक्तिले आत्महत्या गर्न सक्छ। तर पागलपन देखाउदैन ,हिंस्रक हुँदैन ।

डिप्रेसनको औषधि खाएको व्यक्ति सामान्यतया नर्मल हुन्छ ।डिप्रेसनको औषधि खाएको व्यक्तिले आबेशमा आएर तथानाम गर्दैन । उसले आफुलाई हानि गर्न सक्छ तर अरुलाई हानी गर्ने हिम्मत गर्दैन ।

तसर्थ फलानोलाई यति बर्षदेखि डिप्रेसन थियो, डिप्रेसनको औषधि खाइरहेको थियो … भनेर ह्य्मुलेट गर्नु अर्को अपराध हो ।साइकोसिस पागलपन हो भने डिप्रेसन साइकोसिस हैन, न्युरोसिस हो । साइकोसिसमा मुड हाइ हुन्छ भने डिप्रेसन लगायतका न्युरोसिसमा मुड लो हुन्छ ।

सिजोफ्रेनिया, बाइपोलार, हाइपोम्यानिया, म्यानिया लगायतका साइकोसिस रोगमा मुड हाइ हुने हुँदा उग्र गतिबिधि गर्छन । उनीहरुले अरुलाई हानि गर्न सक्छन ।

झगडा गर्ने , कुटपिट गर्ने, कराउने, ठूलाठूला कुरा गर्ने, बल तथा शक्ति प्रदर्शन गर्ने, औषधि खान नमान्ने, कराउदै हिंड्ने, नांगै हिंड्ने, आम भाषामा बहुलाउने गर्छन । उनीहरुको हाइ मुड तथा उग्र गतिबिधि रोक्नको लागि दिइएको औषधि नखाएमा, आफैले औषधि छोडेमा उग्र गतिबिधि झन् बढ्छन् ।

तसर्थ सम्बन्धित व्यक्तिको रोग नबुझिकन डिप्रेसन भएको, डिप्रेसनको औषधि खाएको र यस्तो गरेको भनेर सबै मानसिक रोगलाई डिप्रेसन नभनौं ।

डिप्रेसनको औषधि खाइरहेको व्यक्तिले अन्य स्वस्थ्य मान्छेले जस्तै आफ्ना काम गरिरहेको हुन्छ । औषधिले काम नगरेमा उ भित्रभित्रै पीडित हुन्छ तर तथानाम गर्दैन । डिप्रेसन अवसाद हो, पागलपन हैन ।
.
डिप्रेसन उदासीपन हो भने म्यानिया उन्माद हो |

यो कुनै घटना वा व्यक्तिप्रति लक्षित हैन आम प्रवृतिबारे हो ,

डा. रविन्द्र समिर जन स्वास्थ्य को सहयोगमा ,,