नवलपरासीको दिव्य ज्योति बहुमुखि क्याम्पसको संचालक समितिमा नेकपा प्यानल बिजयी,,

असोज १८ ,नवलपरासी पश्चिम-नवलपरासी पश्चिम बर्दघाट नगरपालिका वडा नं.–२, चिसापानीमा रहेको दिव्य ज्योति बहुमुखि क्याम्पस संचालक समितिको बिहिबार निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बृहस्पति अधिकारीको नेतृत्वको प्यानल बिजयी भएको छ ।
निर्वाचनमा सत्तारूढ दल नेकपा र नेपाली कांग्रेसको समर्थनमा समाजवादी पार्टी संयुक्तरूपमा उमेदवारी दिइएका थिए ।संचालक समितिको छैठौ क्याम्पस सभा निर्वाचनमा नेकपाले बृहस्पति अधिकारीको नेतृत्वमा प्यानल खडा गरेको थियो ।
अधिकारीको नेतृत्वमा देवी पाण्डे १८६, बिष्णु मौरथी १७९, मिनराज शर्मा १८६, शिवलाल कंडेल १८३,धनिराम चौधरी २०६, रमेश बस्याल १९८, धन्नज्य पौडेल २१३, टिकाराम शर्मा २०७ र पुण्य प्रसाद पौडेल २२६ मत प्राप्त गरेका थिए ।

नेपाली काँग्रेसले समाजवादी पार्टीका युवा नेता यमबहादुर थापाको नेतृत्वमा उम्मेदवारी दिएका थिए । थापाको प्यानलमा जानकी पौडेल १५९, दिलकुमारी कुंवर १३२, रविन्द्र सापकोटा १३५, गणेश बहादुर क्षेत्री १६९ पशुपति न्यौपाने १३०, लालनाथ घिमिरे १४६, इन्द्र ढकाल ११०, ऋषिराम थापा मगर १०४ र हिमा बि.क. ८२ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा बृहस्पति अधिकारीले २०८ मत ल्याई प्यानल सहित बिजय प्रप्त गरेका छन भने सयुक्त प्यानलका उम्मेदवार यम बाहादुर थापा मगरले १३० मत ल्याई ७८ मतले पछि परेको मुख्य निर्वाचन अधिकृत मित्रलाल लामिछानेले बताउनु भएका थिए ।
निर्वाचनका लागि क्याम्पस सभाले मुख्य निर्वाचन अधिकृत मित्रलाल लामिछाने र निर्वाचन अधिकृत दिपक बहादुर खड्का र चन्द्रप्रकाश ज्ञवालीलाई खटाएको थियो । निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन भएको मुख्य निर्वाचन अधिकृत लामिछानले जानकारी दिनु भएका थिए ।संचालक समितिको निर्वाचन प्रक्रियामा कुल ४६१ मतदाता रहेको क्याम्पसमा ३५५ मत खसेको थियो ।
अंगद यादव/ नवलपरासी पश्चिम ,
