suekhet
bheriad

महरा सिंड्रम एउटा हाइपोथेसिस,rangadarpan

lekabesi

असोज १९ , काठमान्डौ – गत हप्तादेखि कृष्णबहादुर महरा – रोशनी काण्डले समाज तातेको छ ।मान्छे जति उचाइबाट खस्छ, त्यति नै धेरै घाइते हुन्छ । प्रधानमन्त्री तथा राष्ट्रपति हुने सम्भाव्यता बोकेका महराको राजनैतिक तथा सामाजिक जीवनमा पूर्णबिराम लागेको छ ।

महराको घाउ देखेर समाज तथा मिडिया अति चर्चामा छ  ।त्यसको अर्को पाटो लगभग लुकेको छ ।
पैसा, पद र शक्तिको उन्मादले ग्रस्त धेरै नेताहरु, ठूलो पदमा बसेका कर्मचारीदेखि सुरक्षा निकायसम्म, सामाजिक अभियन्तादेखि अधिकारकर्मीसम्म … धेरै जना अतिरिक्त सम्बन्धमा छन् नै ।

उनीहरुको छटपटी तीब्र भएको अनुमान गर्न सकिन्छ | अतिरिक्त यौन पार्टनरले ब्ल्याक मेलिंग गर्न सक्ने, मिडियाबाजी गर्न सक्ने तथा उजुर हाल्न सक्ने सम्भावनाले उनीहरुको निदहराम भएको छ ।

आफ्नो पद, शक्ति, कमाई तथा प्रतिष्ठा गुम्ने डरले उनीहरुको दशैं खल्लो भइरहेको छ ।
अतिरिक्त सम्बन्धमा रहेका भीआइपीहरु त्यो सम्बन्धलाई कसरी सेफ ल्यान्डिङ गराउने भन्ने चिन्तामा छन् ।

यसको लागि उनीहरु आफ्नो अतिरिक्त पार्टनरसंग टाढिदै जानेछन  ।यसबाट यौनको रिक्तता हुनेछ । यो रिक्तता अर्थात अप्राप्तिको साइड इफेक्ट अकल्पनीय हुनसक्छ ।

ती पार्टनरहरुले आफुलाई बेवास्ता गरेको, अर्कोसंग लागेको, धोका दिएको, आश्वासन पुरा नगरेको आदि ठानेर बदला लिने अठोट गर्न सक्छन  ।त्यो डर हाम्रो समाजमा घनिभूत छ ।

अब केहि समय अतिरिक्त सम्बन्ध स्थगित हुनेछन, सुरु हुनु छैनन्  ।सुरु नहुनु निकै सकारात्मक पाटो हो । एकतर्फी स्थगित हुनु अर्को बिस्फोटको आमन्त्रण हो । दुवै पक्षको हित अनुकुल सुरक्षित अवतरण गर्नुमा सबैको कल्याण छ ।

अतिरिक्त सम्बन्धमा लाग्ने महरा एक्लो पात्र हैनन्  ।महराले आफ्नो कर्मको फल भोग्दैछन, भोगिरहने छन् । सवाल महरा परे भन्ने हैन , भाइरस पल्क्यो भन्ने हो ।

डा . रविन्द्र पाण्डे समिर जन स्वास्थ्य विज्ञ ,