सुर्खेतमा जिप दुर्घटना १ जनाको मृतु ९ घाईते ,,
असोज १९ , काठमान्डौ – कर्णाली प्रदेश वीरेन्द्रनगर नगरपालिका सुर्खेत वडा नम्बर १४ को रातानाङ्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको भे १ ज १०८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई आईतबार आज बिहान सुर्खेत विरेन्द्रनगर नगरपालिका १४ रातानाङ्लामा दुर्घटना भएको हो।
दुर्घटनामा परि जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको मृतु भएको छ ।,उपचारको क्रममा उनको मृतु भएको र चालकसहित नौजना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गरेको छ।
घाईते हुनेमा जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन्।
घाईते अवस्था गम्भीर जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ।
जिप सडक देखि करिब १०० मिटर टाढा खसेको र अन्य घाईतेलाई वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) रवि रावलले जानकारी दिए।