suekhet
bheriad

दोस्रो ताकुकोट कपको उपाधि डाँडागाउॅ लाई,rangadarpan

lekabesi

असोज २० ,गोरखा – ताकुकोट गोरखा बारपाक सुलिकोट गाउँ पालीका ६ ताकुकोमा दीपशिखा युवा क्लब र पुष्पाञ्जली युवा क्लबको संयुक्त आयोजनमा असोज १६ गते बाट सुरू भएको दोस्रो ताकुकोट कप फुटबल प्रतियोगिताको उपाधी ताकुकोटको डाँडा गाउॅले प्राप्त गरेको छ।

१९ गते भएको फाईनल खेल मा डाँडा गाउॅ युवा क्लव ले बहाॅकोट को संगम युवा क्लव लाई पराजित गरि नगद २०,००० सहित ट्रफी र मेडल हात पारेको हो।

उपबिजेता संगम युवा क्लव बहाॅकोट ले रौ १०,००० नगद सहित ट्रफी र मेडल प्राप्त गरेको छ। लाकुरीबोट भुश्रे युवा क्लब तेस्रो स्थानमा हासिल गरेको छ,।

ताकुकोट को मेलबोट मा भएको प्रतियोगिता असोज १६ गते बारपाक सुलिकोट गाउँ गाउॅपालिकाको अध्यक्ष बिष्णु भट्टले को प्रमुख आतिथ्य मा सुरु भएको थियो भने आज भएको समापन कार्यक्रममा बिशेष अतिथि बन तथा वातावरण मन्त्रालय का सचिवालय सदस्य धिरज उपरकोटी ले पहिलो, दोस्रो टिमलाई ट्रफी, मेडल , प्रमाण पत्र र नगद पुरस्कार बितरण गर्नु भएको थियो ।

साथै वडा सदस्य साबित्री मग्रती उपस्थित मा पुष्पाञ्जलि युवा क्लब अध्यक्ष सुवास नगरकोटी, सभापती र मन्तब्य दीपशिखा युवा क्लब अध्यक्ष अमिस घिमिरे ले गर्नु भयको थियो ।

कार्यक्रम सन्चालन जित बहादुर नेपालीले गर्नु भयको थियो साथै १३ टिम सहभागी भयको थियो, अनुसासित खेलाडी लाई प्रमाण पत्र सहितले सम्मान गरिएको थियो ।