छापा मार्दै जाँदा २ जना प्रहरी नै पक्राउ ,,

रंग दर्पण २७ फागुन, काठमाडौं : प्रहरीले विभिन्न ठाँउमा छापा हान्ने क्रममा हिजो रति काठमान्डौ को गोंगबु बाट २ जना प्रहरी सहित अन्य ५ जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा महानगरीय अपराध अनुसन्धान महाशाखाका दुई जना प्रहरी अधिकारी महाशाखाका हवल्दार इन्द्र थापा र प्रहरी जवान सुरज थापा छन् ।

गोंगबुस्थित कालो बंगुर सेकुवा घरमा छापा हान्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा अन्यमा शैलेन्द्र खड्गा, सञ्जयकुमार तामाङ, अरुणकुमार महर्जन, अनिल गुरुङ र विष्णु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १ लाख ४७ हजार १ सय रुपैयाँ रकम समेत बरामद भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । उनका अनुसार थप अनुसन्धान भइरहेको छ । जुवा खेलाउने सेकुवा घरका मालिक अर्जुन ठकुरी फरार रहेको प्रहरीको भनाइ छ ।