suekhet
bheriad

सांस्कृतिक कार्यक्रममा करेन्ट लागेर एक जनाको मृत्यु ,

lekabesi

असोज २२ , नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको सरावल गाउँपालिका वडा नं.–३ महुअवामा हिजो २१ गते साेमबार साझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

राति करिब ८ बजे दुर्गा मुर्ति स्थान नजिकै सांस्कृतिक कार्यक्रम हेर्ने क्रममा मुर्ति भएको ठाउमा बत्ती बाल्न ल्याइएको तारमा छाेएर सरावल- ३ महुअवाका करिब ४० बर्षिय बुधई खवास करेन्ट लागेर घाइते भएका थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका बुधई खवासलाई पृथ्वी चन्द्र अस्पताल परासिमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।

अंगद यादव/ नवलपरासी पश्चिम,,