रुकुम चौरजहारी

,बुलेट प्रुफ गाडी,३६ जना कमाण्डो समूहसहित चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने ,

रुकुम आठ विसकोट

असोज २२ , काठमान्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ असोजमा काठमाडौं आउने भएका छन् । यो भन्दा अगाडी चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा कहिले आउने भन्ने मितिको टुंगो आगेको थिएन ।

,अब भने २५ गते सनिबार सी जिनपिङ नेपाल आउने परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेको छ । ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ ।विज्ञप्तिमा भनिएको छ भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् ।

उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ । सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउनेछन् ।यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ ।

करिब २२ वर्ष पछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो ।,सिको भ्रमणको लागि नेपाल सरकारले आफ्नो तयारि पुरा गरेकोपनि परराष्ट्र मन्त्रालयले जानकारी गरेको छ ।

, सीको लागि भन्दै सरकारले राजधानीका विभिन्न ठाँउमा सफा सुघर राख्ने , फुल हरु रोप्ने ,विभिन्न सडकका वालहरुमा रंग रोगन गर्ने समेत गरिरहेको छ।

https://www.youtube.com/watch?v=G-zd8l0ZIZQ