सभामुख पद निलम्बन महरा रोशनी प्रकरण ,,

असोज २३ , काठमान्डौ – तत्कालीन सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ ।संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन् ।

अब उनको सेवासुविधा पनि रोक्का हुनेछ ।फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ ।

असोज १५ गते सभामुख पदबाट राजीनामा दिएका उनी १८ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । सचिवालयकि कर्मचारी रोशनी शाहीले महरा माथि यौन दुर्व्यवहारको आरोप लगाएकि छिन ।

lekbesi