नवलपरासीको प्रतापपुरमा करेन्ट लागेर फेरी एक जनाको ज्यान गयो ,,

असोज २३ ,नवलपरासी पश्चिम – नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.- ५ बसहियामा बिहिवार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

धर्मकाटा जडान गर्नको लागी खाल्टोमा जमेको पानी मोटरबाट निकाल्न प्रयोग गरेको बिधुतिय मोटरको तार सर्किट हुदाँ बसहिया बस्ने रामसिंह कुर्मीको २२ बर्षिय छोरा अभिमन्यु सिहं कुर्मीको ज्यान गएको हो ।

करेन्ट लागेर गम्भिर घाईते भएका कुर्मीलाई उपचारको लागि सामुदायिक अस्पताल निचलौल महाराजगंज( भारत) लगिए पनि अस्पतालले रेफर गरेपछि पुन: उपचारको लागि सहिद स्मृती सामुदायिक अस्पताल चौपत्ता पुग्दा अस्पतालले मृत्यु भईसकेको पुष्टि गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

lekbesi

मृतकको सव पोस्टमार्टको लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाईएको प्रहरीले जनाएको छ । गत २१ गते पनि नवलपरासी पश्चिमको सरावल गाउँपालिका वडा नं.–३ महुअवामा करेन्ट लागेर ४० बर्षिय बुधई खवासको करेन्ट लागेर मृत्यु भएको थियो ।

अंगद यादव / नवलपरासी पश्चिम ,,