सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ८ जनाको मृतु ४० बढी घाइते ,

असोज २४ काठमान्डौ – सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ८ जना यात्रुको ज्यान गएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको र ३ जनाको उपचारको क्रममा मृतु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत नेपाल प्रहरीका डीएसपी माधव काफ्लेले जानकारी गरेका हुन् ।

सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको काफ्लेले जानकारी दिएका हुन् ।

lekbesi

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको समेत उनले जानकारी दिए ।

घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको छ ,मृतकको सनाखत हुन सकेको छैन ,बस कसरि दुर्घटना भयो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्घटना भएको क्षेत्र कच्ची सडक हो ।