रुकुम चौरजहारी

चिनिया राष्ट्रपतिको विरोध गर्नसक्ने भन्दै समाजवादी पार्टीकी नेतृलाई प्रहरीले गर्यो पक्राउ ,,

रुकुम आठ विसकोट

असोज २४ , काठमान्डौ – प्रहरीले सत्तारुढ समाजवादी पार्टीकी एक नेतृ सप्तरीबाट पक्राउ परेकी छन् । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा प्रदर्शन गर्न सक्ने भन्दै प्रहरीले समाजवादी पार्टीकी नेतृ सुनीता साहलाई सप्तरी सदरमुकाम राजविराजबाट नियन्त्रणमा लिएको हो ।

सहाले आफ्नो सामाजिक संजालमा चीनका राष्ट्रपति नेपाल आउन लाग्दा नेपाल सरकारले गरिरहेको खर्चको विरोधसमेत गरेकी थिइन् ।

यस अघि उनि चीनका विदेशमन्त्री नेपाल आउँदा बिरोध प्रदर्शनमा सहभागी भएकी थीइन उनलाई राजविराज ६ स्थित आफ्नै घरबाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले जानकारी गरे।

,अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी अध्यक्ष समेत रहेकी साहलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको पत्राचारको आधारमा पक्राउ गरिएको प्रसाइँले जानकारी दिए ।

पक्राउ परेकी साहलाई काठमाडौं पठाउने तयारि भईरहेको पनि उनले बताए । चीनका विदेशमन्त्री वाङ यी भदौको तेस्रो साता नेपाल आउँदा काठमाडौंस्थित चीनको दूतावास अगाडि भएको प्रदर्शनमा साह पनि सहभागी थिइन् ।

२३ भदौमा चीनका विदेश मन्त्री आउँदा विवाह गर्ने बहानामा नेपाली महिलालाई चीन लगेर दुव्र्यबहार गरिरहेको भन्दै प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा सहभागी साहसहित १० जनाबिरुद्व प्रहरीले अभद्र व्यहारको मुद्दा चलाइएको थियो ।

सोही घटनालाई लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाए पनि चीनका राष्ट्रपतिको भ्रमणको बेला प्रदर्शन गर्न सक्ने आशंकामा उनलाई पक्राउ गरिएको छ ।